Logo

आलमको थुनछेक बहस छठपछि



रौतहट, कार्तिक १३ ।१७ दिनदेखि रौतहट प्रहरीको नियन्त्रणमा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमको थुनछेक बहस छठपछि मात्र सुरु हुने भएको छ ।

बम बनाउने क्रममा विष्फोटमा परी घाइते भएकालाई जिउँदै इँटा पोल्ने भट्टीमा झोंसेको अभियोगमा पक्राउ परेका आलममाथी अनुसन्धान गर्न जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरिएको छ । प्रहरीले दोस्रो पटक पाँच दिन र तेस्रो पटक थप आठ दिनको म्याद थप गरेको थियो ।

तेस्रो पटक थपिएको म्याद अगामी शुक्रबार सकिँदैछ । शुक्रबारपछि छठ पर्वको लागि आइतबारसम्म बिदा हुने भएको हुँदा शुक्रबारै एक पटक फेरी म्याद थपकै लागि उनलाई अदालत लग्ने तयारी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्