Logo

भारतीय अभिनेत्रीको लेहेङ्गामा आगो लागेपछी…



काठमाडौं, कार्तिक १३ । तिहारमा पटाका जलाउने क्रममा चर्चित भारतीय टिभी अभिनेत्री निया शर्माको लेहेङ्गामा आगो लागेको खवर सार्वजनिक भएको छ ।

आगोले जलेको उनको लेहेङ्गा अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । कपडामा आगो सल्किए पनि शरिरमा कुनै चोटपटक नलागेका कारण उनी ठूलो दुर्घटना हुनबाट बच्न सफल भएकी छिन् ।

भारतीय समाचार एजेन्सीका अनुसार निया शर्माको जलेको लेहेङ्गाको फोटो  इन्स्टामा सेयर गरेपछि उक्त घटना बाहिर आएको हो ।

नियाको सिल्बर कलरको जलेको लेहेङगाको उक्त फोटो अहिले समाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । उनको सो लेहेङ्गा मिरर वर्कले डिजाइन गरेका थिए।



प्रतिक्रिया दिनुहोस्