Logo

बेलायतः डिसेम्बर १२ मा आमनिर्वाचन हुँदै



काठमाडौं, कार्तिक १३ । बेलायतमा आगामी डिसेम्बर १२ मा आमनिर्वाचन हुने भएको छ । युरोपेली युनियनबाट बेलायत अलग हुने ब्रेक्जिटको समयसीमा नजिकिदै गर्दा उक्त आम निर्वाचनको मिति सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनले गरेको प्रस्तावमा सांसदहरुले सहमति जनाएपछि निर्वाचन मिति तय भएको हो । सन् १९२३ पछि पहिलोपटक डिसेम्बरमा चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा ४ सय ३८ मत खसेको थियो भने विपक्षमा २० मत खसेको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई ब्रेक्जिट र समग्र मुलुकको भविष्य चुन्ने हक दिनुपर्ने बताएका छन् । आगामी निर्वाचनले आफूले ताजा जनादेश पाउने र ब्रेक्जिटलाई लिएर संसदमा देखिएको गतिरोध हट्ने विश्वास उनले व्यक्त गरेका छन् । इयुले बेलायतलाई बेक्जिटका लागि जनवरी ३१ सम्मको समय थप गरेको छ ।



प्रतिक्रिया दिनुहोस्