Logo

मधुमेहका बिरामीको लागि किन केराको फूल फाइदाजनक



मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । यसलाई उचित आहारको सन्तुलन मिलाएर कम गर्न सकिन्छ । सरल जीवनशैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टिआक्सिडन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यसको लागि धेरै मेडिकल र आयुर्वेदिक तरिकाहरु पनि छन् । केराको फूलले पनि मधुमेह बिरामीको रोग व्यवस्थापनको लागि उपयोगी मानिन्छ ।

सन् २०११ मा गरिएको एक अध्ययनले केराको फूल र स्यूडोस्टेममा एंटी–डायबेटिक र एन्टि–एजीई गुणहरू पाइने पत्ता लगाएको छ । यो मधुमेह बिरामीको लागि फाइदाजनक हुने जनाइएको छ । केराको फूल र स्यूडोस्टेममा कम ग्लाइसेमिक सूचकांक र उच्च आहार फाइबर अनि एन्टिआक्सिडन्टहरू पाइन्छ ।

टाईप २ मधुमेह रोकथाम र नियन्त्रण गर्न खोज्ने व्यक्तिको लागि केराको समूहको अन्त्यमा झुण्डिएको आँसुको आकारको मरून वा बैजनी फूलहरू लाभकारी मानिन्छ । यसले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । यसलाई काँचै वा पकाएर खान सकिन्छ भने सलाद, करी वा सूपमा मुख्य रुपमा प्रयोग गरिन्छ । -Photo Source: Greatfood



प्रतिक्रिया दिनुहोस्