Logo

केजीएफ नायक यशको छोरा



केजीएफ नायक यश र राधिकाको छोरा भएको छ । ३० सेप्टेम्बरमा राधिकाले हस्पिटलमा छोरालाई जन्म दिएकी छिन् । नवजात शिशुले बाबु यशको औला समातेको तस्विर सामाजिक सञ्जालमा धेरै सेयर गरिएको छ । यद्यपी, तस्विरमा कन्नाडा फिल्म स्टारको परिवारमा सबैभन्दा नयाँ सदस्यको अनुहार प्रकट गरिएको छैन ।

यश र राधिकाले आफ्नो दोस्रो गर्भावस्थाको तस्विरहरु थोरै सार्वजनिक गरेका थिए । देशभर पछिल्लो डिसेम्बरमा केजीएफ अध्याय १ हिट भएको समयमा यी दम्पतीले आफ्नो पहिलो बच्चा, आइरालाई स्वागत गरेका थिए ।

यश र राधिकाको भेट टेलिभिजन सिरियल नन्दगोकुलको सेटमा भएको थियो । सन् २००८मा यश र राधिकाले फिल्म मग्गीना मानसुको साथ फिल्मको शुरुवात गरे । अहिलेसम्म दम्पतीले सँगै चार फिल्ममा काम गरिसकेका छन् । उनीहरूको अन्तिम फिल्म सान्थु स्ट्रेट फोरवर्ड (२०१६) थियो । दम्पतीले २०१६ मा भव्य विवाह समारोहमा गाँठो बाधिका हुन् । Photo Source: Yash Twitter



प्रतिक्रिया दिनुहोस्