Logo

कांग्रेस युवा नेता गजुरेल बलात्कार आरोपमा पक्राउ



काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र गजुरेलले १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा पक्राउ परेका छन् । प्रहरीले गजुरेल नुवाकोट ओखरपौवाका स्थायी वासिन्दा हुन् । उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ ।

गजुरेलले नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । उनी यही कात्तिक ३ गते नै फक्राउ परेका हुन् । गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्