Logo

पतिले ‘काली’ भन्दै र्दुव्यवहार गरेपछि आत्महत्या



पतिले काली भन्दै र्दुव्यवहार गरेपछि पत्नीले आत्महत्या गरेकी छिन् । पतिमाथि आत्महत्या दुरुत्साहनको अभियोग दर्ता भएको छ ।

यो घटना भारतको राजस्थानको हो जहाँ महिलाका पतिले पत्नीमाथि रङ्गभेदी व्यवहार गर्थे । पतिको र्दुव्यवहार सहन नसकेपछि पत्नीले आत्महत्या गरिन् । घटनापछि पतिलाई प्रहरीले पक्राउ गरी बयान लिएको बुझिएको छ ।

भारतमा रङ्गभेद गम्भीर विषय बन्दै गएको छ । कालो वर्णका महिला र पुरुषमाथि नकारात्मक व्यवहार गरिन्छ । मिडियाले पनि गोरो बन्न र गोरो बन्नका लागि विभिन्न कस्मेटिक सामाग्री प्रयोग गर्न प्रोत्साहन गर्दछ ।
-एजेन्सी



प्रतिक्रिया दिनुहोस्