Logo

भाइरल काजोल र अजयकी छोरी



बलिउड अभिनेत्री काजोल देवगन र अभिनेता अजय देवगनकी छोरी बेला बेलामा आफ्नो पहिरन र लुक्सको कारण चर्चामा आउने गरेकी छिन् । अहिले पनि दिपावलीको लागि उनले गरेको मेकअपको कारण भाइरल भएकी छिन् । बलिउड स्टार अमिताभ बच्चनले दिपावलीको अवसरमा दिएको कार्यक्रममा अभिनेत्री काजोलसँगै छोरी निसा देवगन र छोरा युग देवगन पनि सहभागी भएका थिए ।

अमिताभको दिपावली कार्यक्रममा सहभागी हुन आमा र भाइसँग पुगेकी निसा ट्रोलको सिकार भएकी हुन् । यसअघि पनि उनलाई केही नेटिजनहरुले आलोचना गरेका छन् । निसाका बाबु अभिनेता अजयले यसअघि पनि निर्दयी ट्रोललाई सम्बोधन गर्दै १६ वर्षकी बालिकालाई त्यस्तो नगर्न आग्रह गरेका थिए ।Photo Source: Nysa Devgn Instagram



प्रतिक्रिया दिनुहोस्