Logo

मुम्बई, सांघाई र बैंकक ३० वर्षभित्र डुब्नसक्ने



तटीय शहरका लागि खराब समाचार आएको छ । ती शहरहरु समुन्द्रको पानीले ढाकिने खतरा बढेको छ । समुन्द्रको सतह बढ्दै जाँदा संसारका तटीय शहरहरु डुब्ने खतरामा परेका हुन् । ती मध्ये एशियाका मुम्बई, सांघाई र बैंकक जस्ता शहरहरु ३० वर्षमा डुब्न सक्ने एक अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनसम्बन्धि अध्ययनले सन् २०५० सम्म खतरनाक बाढीहरुको खतरा तटीय शहरमा अहिले भन्दा तीन गुणाले बढ्ने देखाएको छ । अमेरिकाको क्याइमेट सेन्ट्रल अर्गनाइजेशनले मंगलबार प्रकाशन गरेको नेचर कम्युनिकेशन जर्नलमा एशियाका तीनवटा शहरहरु २०५० भित्र डुब्ने खतरा औल्याइएको छ ।

एशियामा मात्र २३ करोड मानिसहरु डुबानबाट प्रभावित हुनेछन् । इजिप्टको अलेक्जिेन्ड्रिया, इराकको बासरालगायतका शहरहरु पनि समुन्द्रमुनी हुनेछन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्