Logo

महराबारे सोध्दा गायिका शान्तिश्रीले भनिन्- कोही पनि शतप्रतिशत निष्कलंक हुँदैनन् (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । गायिका शान्तिश्री परियारले संसारमा कोही व्यक्ति पनि शतप्रतिशत निष्कलंक नहुने बताएकी छिन् । रोल्पा गृहजिल्ला भएकी शान्तिश्रीले आफ्नो गृहजिल्ला रोल्पाका निवर्तमान सभामुख कृष्णबहादुर महराबारे सोध्दा यस्तो उत्तर दिएकी हुन् ।

उनले भनिन्, संसारमा कोही पनि निष्कलंक हुँदैनन् । तर, दोषी नठरिएकाले बोलिहाल्न मिल्दैन ।’ संसारमा धेरै मानिसहरुमा कुनै न कुनै समयमा कहीं न कहीं दाग लाग्ने गरेको समेत बताइन् ।

शान्ति श्री परियारले आफ्नो प्रेम विवाह भएको खुलाइन् । उनले कार्यक्रममा गीत गाउँदै तीन चार वर्ष प्रेम सम्बन्ध भएको खुलासा समेत गरिन् ।

यसैगरी, काउले बुढीले ऋषि धमलाले किन मन नपराएको भनेर सोधिन् । धमलाको नाकबारे सोध्दै उनले भनिन्, ‘मलाई ऋषि धमलाले किन मन नपराएको ?’

प्राइम टाइम्स टेलिभिजनको जनता चाहन्छन् मा रोचक प्रस्तुत गर्दै काउले बुढीले कला समेत प्रस्तुत गरिन् ।
कार्यक्रममा थानेश्वर गौतमको प्रेम र रोमान्सबारे खुलासा भयो । गौतमले आफ्नो प्रेम विवाहबारे समेत खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्