Logo

धमलाले चित्रबहादुरलाई पींध नभएको लोटा भनेपछि चर्काचर्की, जवाफ दिए-मुलुकको आत्मा बोल्ने मलाई यसो भन्ने (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले संघीयता देशको लागि अभिषाप भइसकेकाले यसलाई तत्काल खारेज नगरेर गम्भीर परिणाम आउने चेतावनी दिए । प्रदेशको न्वारन नभएको भन्दै संघीयताको पृष्ठपोषण गर्नेलाई बाह्य शक्तिले घोकाएको आरोप लगाए ।

संघीयता घोकाउने शक्तिकेन्द्र भएको बताए । शक्तिकेन्द्र को हो भन्ने प्रश्नमा उनले भने,’म उल्टो प्रश्न गर्छु ऋषि धमलालाई स्पष्ट थाहा छ । यो सबै जनतालाई थाहा भएको समेत बताए ।’

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा केसी र अन्तवार्ताकार पत्रकार ऋषि धमलाबीच चर्काचर्की भयो । धमलाले केसीलाई पींध नभएको लोटा भनेपछि केसीले जवाफ दिए, ‘मुलुकको आत्मा बोल्ने मलाई यसो भन्ने ?’ उनले धमलालाई नेताहरुको घर घरमा पुगेर उल्टाङ पल्टाङ पार्ने गरेको आरोप लगाए ।

कार्यक्रममा केसीले धमलालाई चुनौती दिएपछि दुवैबीच चर्काचर्की भयो ।



प्रतिक्रिया दिनुहोस्