Logo

डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीलाई चेतावनी दिए- कसैलाई कारबाही गर्ने प्रधानमन्त्रीले होइन (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले कसैलाई कारबाही गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको भन्दै जथाभावी कारबाही गरेर नहिंड्न चेतावनी दिए । प्रधानमन्त्रीले अदालत चलाउने अधिकार नभएको भन्दै न्यायालयमा हस्तक्षेप नगर्न चेतावनी दिएका हुन् ।

‘सीमाभित्र रहेर काम गर्नुहोस्,’ डा. रिजालले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग भने, ‘प्रधानमन्त्रीको सीमा छ जे पाए त्यो गर्न पाइन्नँ ।’ कसैले बलात्कार गरेमा अनुसन्धान गर्ने र मुद्दा दर्ता गर्ने प्रधानमन्त्री र सरकारले हो भन्दै कारबाही गर्ने न्यायालयले गर्ने बताए । सजाय सुनाउने न्यायालयले हो भन्दै त्यसमा कुनै हस्तक्षेप नगर्न सचेत गराएको बताए ।

राजनीतिक उद्देश्य र अभिप्रायका साथ काँग्रेसका नेता कार्यकर्तामाथि आक्षेप लगाइएको आशंका रहेको बताए । अपराधीलाई कुनै हालतमा संरक्षण नगर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्