Logo

मलाई नेपाली हो भनेर भारतको उच्च अदालतमा मुद्दा हालिएको छ- देवेन्द्रराज कँडेल (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफूमाथि नेपाली हो भनेर भारतको उच्च अदालतमा मुद्दा दायर गरिएको बताएका छन् । उनले आफूमाथि नेपाली भएको भनेर मुद्दा दायर भएको अवस्थामा भारतीय नागरिक हो भन्नुको कुनै तुक नभएको बताए ।

‘ममाथि नेपाली नागरिक भएकाले विद्यालय व्यवस्थापनमा बस्न नपाउने भनी हाइकोर्टमा मुद्दा दायर छ,’ कँडेलले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग भने, ‘अब म कसरी भारतीय नागरिक ?’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसद सोमप्रसाद पाण्डेले दोहोरो नागरिकता लिने जोकोहीलाई कारबाही हुनुपर्ने बताए । यसबारे गम्भीर छानविन हुनुपर्नेमा जोड दिए । दोषी कसैलाई उन्मुक्ति दिन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्