Logo

हास्यव्यङ्ग्यकार शैलेन्द्र सिंखडाले भने- संघीयता बोझ, गणतन्त्रबाट जनताले के पाए ? (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । लोकप्रीय हाँस्यव्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशमा संघीयताले बोझ थपेको र गणतन्त्र आएर जनताले केही नपाएको बताएका छन् । उनले नेताहरुले अवसर छोप्ने बाहेक जनताको हितमा ध्यान नदिएकाले संघीयता र गणतन्त्रप्रति समेत व्यङ्ग्य गरे ।

सिंखडाले सबै नेता अवसरवादी भएको आरोप लगाए । नेताहरु देशका लागि भन्दै आफ्नै लागि अवसरवादी बन्नाले जनताले दुःख पाएको बताए ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै संघीयताले बोझ थपेको समेत बताए । संघीयता प्रयोग गर्न नजानेको समेत बताए । उनले जनतालाई झुक्याएर नेताहरुले व्यक्तिगत लाभ लिइरहेको आरोप लगाए ।

‘हाम्रा नेताहरु कुनै मुखी होइनन् अवसरवादी हुन्,’  उनले भने, ‘नेताहरु सबै अवसरवादी भएकाले जनताले दुःख पाए ।’

देशमा भ्रष्टाचार र आपराधिक क्रियाकलाप समेत बढाएको बताए । हाँस्यव्यङ्ग्यमा नेता रिझाउने नभएर जनता रिझाउने क्षेत्र भएको बताए । सिस्नुपानी नेपालले जनताभन्दा नेता रिझाउने काम गरेको आरोप लगाए । ‘माथिबाट आफूलाई आउट गरिएको छ,’ उनले आरोप लगाए ।

सिस्नुपानीको माथि भनेको सरकार रहेको खुलासा गरे । सिस्नुपानीले सरकारको भजन गर्ने गरेको आरोप लगाए । भजनभण्डली आफूले त्यागेको समेत बताए ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्