Logo

गोरखामा रूखबाट लडेर एक युवकको मृत्यु



गोरखा, १३ कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए ।

रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए । “आज बिहान उनी घाँस काट्न घरबाट निस्कएका रहेछन्”, उनले भने,“घाँस काट्दै गर्दा रूखको हाँगासमेत भाँचिएर भुइँमा बजारिन पुग्दा मृत्यु भएको हो ।”

पूर्वनेपाली सेना दराईको मृत्युले गाउँ नै शोकमा डुबेको छ । घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि स्थानीयवासी पुगेको भए पनि घटनास्थलमै उनको मृत्यु भएको वडासदस्य दराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्