काठमाडौं, १३ कात्तिक । उप–प्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले असमानता र विभेद अन्त्य नभएसम्म आर्थिक विकास नहुने बताएका छन्। सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकास्थित हनुमानगर बजारमा आज समाजवादी पार्टी नगरसमितिले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले नेपालमा आर्थिक समृद्धिका लागि कृषिमा लगानी गरी यस क्षेत्रलाई आधुनिकीकरण गरी सिँचाइ सुविधा हुनुपर्ने बताए ।
नेपाल पानीको धनी देश भए पनि यहाँ समृद्धि गर्न विद्युत् उत्पादन गरिएमा यहाँ उत्पादन भएका विद्युत् अरू मुलुकमा बिक्री गरिएमा आर्थिक समृद्धि हुने समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवको जोड थियो । पर्यटनका क्षेत्रमा पनि नेपाल अगाडि रहेको बताउँदै उनले अरू मुलुकको तुलनामा गरिबी र भुकमरीका कारण पछाडि परेको बताए।
मधेशमा विकासका लागि शिक्षामा सुधार गनुपर्ने बताउँदै उहाँले असल शिक्षा भए मात्र विकासको गति अघि बढ्ने बताउनुभयो। प्रत्येक नागरिकको प्राथमिक स्वास्थ्य उपचार आवश्यक रहेकामा जोड दिँदै मन्त्री यादवले प्रत्येक वडामा स्वास्थ्य चौकी र नगरपालिका र गाउँपालिकामा अस्पताल स्थापना हुनुपर्ने बताए। गरिब वर्गका लागि निःशुल्क उपचार गराउनुपर्ने बताउँदै उनले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्य बीमा कार्यक्रम ल्याएर भए पनि उसको सबै पैसा खर्च सरकारले नै तिर्ने बताए।




प्रतिक्रिया