Logo

ट्वीटरले राजनीतिक विज्ञापन रोक्यो, फेसबुकले नरोक्ने



सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ । उसले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिननहुने जनाएको छ ।

ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले टुवीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा ट्वीटले यस्तो निर्णय लिने भएको हो ।

फेसबुकले भने राजनीतिक विज्ञापनलाई निरन्तरता दिने भएको छ । मार्क जुकनवर्गले यसलाई अधिकार भनेर बचाऊ गरेका छन् ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने गरिएको विषय उठ्दै आएको थियो । ट्वीटरले विश्वभर राजनीतिक विज्ञापन रोकिदिने भएपछि यसले संसारभर प्रभाव पर्ने देखिएको छ ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्