Logo

तिन जनाको लिङग काटेको आरोपमा एक जना पक्राउ



बैतडी,कार्तिक १४ । भारतको पिथौरागढमा कात्तिक ८ गते तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उनकाका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्