Logo

‘गेम अफ थ्रोन’को प्रिक्वेल ‘हाउस अफ द ड्रयागन’ बन्ने



एजेन्सी । अमेरिकी च्यानल एचबिओको ‘गेम अफ थ्रोन’ नामक सोको प्रिक्वेल बन्ने भएको छ। ‘गेम अफ थ्रोन’ को प्रिक्वेल ‘हाउस अफ द ड्रयागन’ बन्ने पक्का भएको एचबिओले जनाएको छ। आठ सिजनको ‘गेम अफ थ्रोन’ सकिएपछि एचबिओले प्रिक्वेल ‘हाउस अफ द ड्रयागन’ बनाउने भएको हो।

‘गेम अफ थ्रोन’ को प्रिक्वेल निर्माणका लागि संसारभरबाट प्रस्ताव आएपछि एचबिओ ‘हाउस अफ द ड्रयागन’ निर्माण गर्न लागिपरेको थियो। यसअघि एचबिओले ‘गेम अफ थ्रोन’ को प्रिक्वेलको लागि विभिन्न स्क्रिप्ट संकलन गरिरहेको थियो।

अन्ततः एचबिओले ‘हाउस अफ द ड्रयागन’ लाई ‘गेम अफ थ्रोन’ को प्रिक्वेलको रुपमा स्वीकृति दिएको थियो। ‘हाउस अफ द ड्रयागन’ भने ‘गेम अप ’ सुरु भएको भन्दा तीन सय वर्षअघिको समयबाट सुरु हुने जनाइएको छ।

यसअघि ‘गेम अफ थ्रोन’ सोको प्रस्तावित प्रिक्वेल एचबिओले रद्द गरेको खबर बाहिरिएको थियो। त्यसलगत्तै एचबिओले ‘गेम अफ थ्रोन’ को प्रिक्वेल ‘हाउस अफ द ड्रयागन’ चाँडै आउने जानकारी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् गराएको थियो।

एचबिओको चर्चित सिरिज ‘गेम अफ थ्रोन’ले एम्मी अवार्डमा सर्वा्धिक अवार्ड जितेको थियो। एचबिओका कार्यक्रम निर्माण विभागका अध्यक्ष केसी ब्लोयिसले ‘हाउस अफ द ड्रयागन’ लाई ‘गेम अफ थ्रोन’ को प्रिक्वेलको रुपमा एचबिओमा आउने जानकारी दिएका थिए।

‘हाउस अफ द ड्रयागन’ को निर्माण जर्ज आरआर मार्टिन, रायन कोन्डल र मिगुएल सापोचनिकले गर्नेछन्। एचबिओले प्रिक्वेलको कलाकारको नाम सार्वजनिक गरिसकेको छैन्।



प्रतिक्रिया दिनुहोस्