Logo

एसपीको काखमा कैदीका सन्तान



पोखरा, १४ कात्तिक । पोखरामा रमेश नेपालीले पत्नी लक्ष्मी परियारको हत्या गरे । रमेश जेलमा छन् । उनका छोराछोरी टुहुरा भए ।

टुहुरा छोराछोरी र आफन्तबारे कास्की जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी लिए । उनले कार्यालयमा निम्तो गरेर भेटघाट गरे । बुधबार पिडित सम्पर्क कार्यक्रम अन्र्तगत कार्यालयमा बोलाएर एसपी कार्कीले भेटघाट गरेका हुन् । भेटघाटमा हसिलो मुद्रामा देखिएका पीडितका छोराछोरी उत्साही देखिए । छोरा सैनिकको जस्तै पोशकमा पुगेका थिए ।

उनले शिक्षा,स्वास्थ, खानपान लगायतका बिषयमा संरक्षकहरुसंग जानकारी लिए । उक्त अवसरमा पिडीत बालबालिकाको भविष्य तथा सर्बोत्तम हितको लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रयासको सम्बन्धमा समेत जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीले नियमित रुपमा पिडीत सम्पर्क कार्यक्रम अन्तरगत पिडीत परिवारसँग भेटघाट गर्ने गरेको छ ।

Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्