Logo

ढुङगाले हानेर श्रीमतीको हत्या



धरान – १५ खोरिया बस्तीमा श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन्। धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ। धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन्।

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

घटनालगत्तै सूचना पाएपछि प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको छ।रासस



प्रतिक्रिया दिनुहोस्