Logo

श्रावण महिनामा शिवलाई कसरी खुशी पार्ने



श्रावण महिनामा शिवजी पृथ्वी भ्रमण गर्न आउने धार्मिक मान्यता रहिआएको छ । यस महिनामा यस्ता कार्य गरी शिवलाई खुशी पार्न सकिन्छ ।

१. शिव लिङ्गको पूजा अनिवार्य रुपमा गर्ने । घरमा ६ इन्च भन्दा लामो शिवलिङ्ग राख्नु हुँदैन र धेरै शिवलिङ्ग पनि राख्नु हुँदैन ।

२. माटोको शिवलिङ्ग बनाएर पूजा गरेमा अत्यन्त उत्तम हुन्छ ।

३. शिव लिङ्गमा भाँङ चढाउनाले मन र तनको विकार हटेर जान्छ । यो के हो भन्दा त भोले बाबाले कालकोट विष अत्याधिक मात्रामा सेवन गरे र डाहा,औडा र छटपटी भयो र त्रिशुलीमा त्रिशुल हानेर डाहा,औडा र छटपटीलाई शान्त पार्नका लागि पानी पिए । पानीले केही शान्त पारेपछि औषधीको रुममा वैद्यहरुले भाँङ,धतुरो, गाँजा जस्ता चीजको आयुर्वेदिक औषधी बनाएर भोले बाबालाई सेवन गराए । त्यहाँदेखि भोले बाबालाई भाँङको आदत लाग्यो त्यसैले हामी यस्ता कुरा अर्पण गर्दछौ ।

४. कमलको फूल अर्पण गर्नाले धन प्राप्ति र लक्ष्मी प्राप्तिको योग बन्छ ।

५. जलधाराबाट पानी चढाउनाले सम्पूर्ण दुख नस्ट भएर जान्छ ।

६. जल चढाउदा ऊँ नम शिवायः को महामन्त्र जप गर्नुपर्दछ । यसो गर्नाले श्रीमान श्रीमतीको बीचको मतभेद हटेर जान्छ । मनका विकार तथा चञ्चलता हटेर जान्छन् ।

७. जुइँको फूल चढाउनाले अन्न भण्डारको कमी हुदैन ।

८. शिव लिङ्गमा गाईको काँचो दूध अर्पित गर्नाले स्वास्थ्य राम्रो भएर जान्छ ।

९. बेलपत्र अर्पित गर्नाले मनोकामना पूरा हुन्छ ।

१०. चन्दन चढाउनाले सुख प्राप्ति भएर जान्छ ।

११. अत्तर चढाउनाले विशेष मन प्रफुलित भएर जान्छ ।

१२. गंगाजल चढाउनाले शिललोक प्राप्ति हुन्छ ।

१३. दही चढाउनाले कार्य बाधा हट्नेछ ।

१४. घ्यू चढाउनाले तागत बढेर जान्छ, शारिरीक दुर्बलता हटेर जान्छ ।

१५. मह चढाउनाले वाणी शुद्ध भएर जान्छ ।

धार्मिक ग्रन्थको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्