Logo

कराची देखि रावलपिन्डी जाने ट्रेनमा आगलागी



कराची देखि रावलपिन्डी जाने रेलमा भिषण आगलागी हुँदा ६२ जनाको मृत्यु भएको छ । आगलागीमा ४२ जनाभन्दा बढी यात्रु घाइते भएक छन् ।
बिहीबार विहान तेज गाम एक्सप्रेसमा आगलागी भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको क्रममा आगलागी भएको हो ।

रेलभित्र राखिएका ग्यास सिलिन्डरले आगलागी भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् । अधिकारी रहीम यार खानले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन्। घाइतेहरूलाई नजिकैको अस्पताल पठाइएको समेत जानकारी दिए। आगलागी भएको रेल लिकबाट बाहिर नगएको र आगलागी भएको एकघण्टाभित्र नै लियाकतपुर स्टेसनमा पुर्‍याइएको बताइएको छ।

रेलमा आगलागी भएको र ठूलो संख्यामा यात्रुको मृत्यु भएकोप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन्। उनले उद्दार र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। रेलमन्त्री रशीदले उक्त घटनाको छानबिन हुने बताएका छन्।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्