Logo

घृणा गर्नेलाई इलियानाको कडा जवाफ



दक्षिण भारतीय अभिनेत्री इलियाना डीक्रुजले आफुलाई घृणा गर्नेलाई सामाजिक सञ्जालमार्फत कडा जवाफ दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्रामबाट आफ्नो प्रशंसकहरुसँग बिहानको प्रेरणा पोष्ट साझेदारी गर्दै घृणा गर्नेलाई पनि अप्रत्यक्ष जवाफ दिएकी हुन् ।

इन्स्टाग्राममा उनले सबैलाई पाएको मौकामा चम्किनुहोस्, घृणा गर्नेले गर्दै गर्छ भन्ने भाव प्रकट गरेकी छिन् । इलियाना एक भारतीय मोडलसँगै अभिनेत्री पनि हुन् । दक्षिण भारतीय फिल्मकी अभिनेत्री हिन्दी फिल्ममा पनि प्रवेश भैसकेकी छिन् । बर्फी जस्ता फिल्ममा उनको निकै राम्रो अभिनय देख्न पाइन्छ ।

View this post on Instagram

Yassss! #morningmotivationtogetouttabed #shine

A post shared by Ileana D'Cruz (@ileana_official) on

इलियानालाई अनीस बाज्मीको फिल्म “पागलपंती” मा देख्न पाइनेछ । यो वर्षको २२ नोभेम्बरमा थिएटरहरुमा हिट हुने फिल्ममा अनुमान गरिएको छ । फिल्ममा अनिल कपूर, जोन अब्राहम, अरशद वारसी, पुलकित सम्राट लगायत अन्य कलाकारहरू पनि छन् ।

अभिनेत्री इलियानालाई अर्काे वर्ष कुकी गुलाटी निर्देशित फिल्म “बिग बुल” मा अभिनेता अभिषेक बच्चनसँग देख्न पाइनेछ । यो फिल्मको छायांकन भइरहेको जनाइएको छ ।Photo Source: Twitter



प्रतिक्रिया दिनुहोस्