Logo

दक्षिण एशियाकै पहिलो फिल्म महोत्सव काठमाडौंमा



नेपला र अफ्रिकाको चलचित्रबाट संस्कृति आदन प्रदानको लागि हरेक वर्ष “नेपाल अफ्रिका चलचित्र महोत्सव” आयोजना हुने भएको छ । स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सव हो । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले हरेक वर्ष यो महोत्सव गर्दै आएको छ । कात्तिकको तेश्रो सातामा सातौं सँस्करण हुन लागेको हो । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले यो पटकको महोत्सव तीन दिनसम्म आयोजना हुने जनाएकी छिन् ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा यही १६ कात्तिक देखि १८ कात्तिकसम्म सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सव आयोजना हुने भएको छ । आफ्रिकाका कतीपय विपन्न मुलुक नेपालको अवस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको अध्यक्ष मिश्रले जनाएकी छिन् ।

महोत्सवको लागि नेपाल र अफ्रिका गरेर कुल २५ वटा लामा र छोटा चलचित्र, वृत्तचित्र एवम् कार्टुन चलचित्रहरु चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा र १२ ओटा अफ्रिकाको विभिन्न देशबाट रहेको छ ।

यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी, नर्वे, जर्मनी र बेलायतका सिनेमा रहेका छन् । चलचित्र महोत्सब निर्देशकको रुपमा यसपटक चलचित्रकर्मी एवम् सञ्चारकर्मी डब्बु क्षत्रीरहेका छन् । १९ कात्तिकमा नेपाल आफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षत्रीले जनाएका छन् ।Photo Source: Glocal Khabar



प्रतिक्रिया दिनुहोस्