Logo

गुडिरहेको रेलमा ग्याँस सिलिन्डर बिष्फोट, लुकाएर लगिएको थियो सिलिन्डर



पाकिस्तानमा रेलमा भएको बिष्फोटको कारण लुकाएर लगिएको ग्याँस सिलिन्डर भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बिहिबार विहान भएको घटनामा रेलको बग्गीभित्र खाना तयार गर्न लाग्दा बिष्फोट भएको हो ।

समाचार एजेन्सीहरुका अनुसार रेलमा ग्याँस सिलिन्डर निषेध गरिएपनि लुकाइछिपाई लाने गरिएको छ । तर, ग्याँस सिलिन्डर नै रेलमा पुर्याएर खाना पकाउन शुरु गरिएको घटनाले धेरैलाई आश्चर्यचकित पारेको छ ।

कराची देखि रावलपिन्डी जाने रेलमा भएको घटनामा तीनवटा बग्गीमा बढी क्षति पुगेको छ । गुडिरहेको रेलमा आगलागी भएपछि धेरैले रेलबाट फाल हालेर ज्यान जोगाए । घटनामा ६५ जनाको ज्यान गइसकेको जनाइएको छ ।

भिषण आगलागी हुँदा ६२ जनाको मृत्यु भएको छ । आगलागीमा दर्जनौं यात्रु घाइते भएक छन् । तेज गाम एक्सप्रेसमा आगलागी भएपछि पाकिस्तान सरकारले रेलको सुरक्षामा गम्भीर चासो व्यक्त गरेको छ ।

आगलागी भएको रेल लिकबाट बाहिर नगएको र आगलागी भएको एकघण्टाभित्र नै लियाकतपुर स्टेसनमा पुर्‍याइएको थियो ।

एजेन्सी

तस्बिर स्रोतः सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्