Logo

नीता ढुंगानाको आइटम डान्स कस्तो होला



नीता ढुंगानाले द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको चलचित्र “गुञ्जन” मा आइटम नृत्य गरेकी छन् । चलचित्रमा समावेश गरिएको “कोही भन्छन् रसिली छु रे” बोलको आइटम गीतमा डान्स गरेकी हुन् । बानिका प्रधानको स्वर रहेको यो गीतमा अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर राजेश श्रेष्ठले छायांकन गरेका हुन् । गीतमा अभिनेत्री नीता ढुंगानासहित चलचित्रका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । यो चलचित्रमा सारा सिर्पाली शिर्ष भूमिकामा छन् ।

निर्देशक महर्जनले चलचित्रलाई फाल्गुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको जनाए । चलचित्रको बाँकी छायांकन काठमाडौँमा र दुई गीतको छायांकन जोमसोममा हुने जनाइएको छ । ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको चलचित्रमा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ । महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंहसंगै अर्जुन पोखरेलको संगीत छ ।Photo Source: Namastefilmy



प्रतिक्रिया दिनुहोस्