Logo

जुवातास खेल्ने प्रहरी नियन्त्रणमा



काठमाडौं, १४ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका १२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका ६ घर भएका मुकेश थापा समेत आठ जनालाई १३ कात्तिकमा नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट एक बुक तास, १६ वटा कौडा र नगद २ लाख २० हजार ६ सय पाँच रुपैयाँ बरामद गरेको छ ।

बारा, कलैया उपमहानगरपालिका २ अव्धापुरस्थित बाँसघारीमा जुवातास खेलिरहेका कलैया उपमहानगरपालिका ३ बस्ने महेश प्रसाद गुप्तालाई नगद ५ लाख ४८ हजार २ सय ५० रुपैयाँ, तीन बुक तास तथा ना.४३ प ८११, ना.६५ प ८८५७ र बा. ४९ प ७०४७ नम्बरका तीन वटा मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । गुप्तासँगै जुवातास खेलिरहेका अन्य तीन जना प्रहरीलाई देख्नासाथ फरार भएकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्