Logo

ब्याट्रीबाट चल्ने बिमान



विश्वभर रहेको इन्धन सकिने अनुमान गरिएको छ । यसको विकल्पको रुपमा विश्वभर बिजुलीबाट उत्पादित कार अथवा अन्य उडानहरुमा कम्पनीहरुले ध्यान केन्द्रित गरेको छ । चीन यसतर्फ एक कदम अघि बढेको देख्न सकिन्छ । उसले ब्याट्रीबाट उड्ने प्लेनको निर्माण गरको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ। आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो । उक्त उडान सफल रहेको सन्चार मध्यमले जनाएको छ ।

१२ सय किलोग्राम तौल भएको यो प्लेनमे केवल ४ सिटको रहेको छ । ८.४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न भर्न सक्ने छ । यो जहाजका पखेटा साढे १३ मिटर लामा छन् । यो जहाजको तौल कम गर्न अधिकांश पाटपुर्जा कार्वन फाइबरबाट बनाइएको छ।

प्लेन मुख्य रूपमा छोटो दूरीका उडान र पाइलटको तालिम, दश्यावलोकन, एरियल फोटोग्राफी, एरियल म्यापिङलगायतका काममा प्रयोग हुनेछ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्