Logo

४० हजार लाभान्वित



विराटनगर, १४ कात्तिक : विराटनगर महानगरपालिका–२ तीनपैनीमा स्थापित निःशुल्क होमियोपैथिक उपचार केन्द्रले हालसम्म ४० हजार विभिन्न प्रकारका बिरामीलाई सेवा पुर्याएको छ ।

वडासमिति –२ द्वारा सञ्चालित विसं २०५७ स्थापित उक्त केन्द्रले नगर तथा ग्रामीण क्षेत्रका जनतालाई उपचार सेवा उपलव्ध गराउँदै आएको चिकित्सक एम के कर्णले जानकारी दिए । उपचारलाई आवश्यक पर्ने औषधिका लागि यस वर्ष समाजसेवी विनोदराज आचार्यले आफना पिता जीववप्रसाद आचार्यको स्मृतिमा रु २० हजार प्रदान गरेको छ ।

उपचार केन्द्रका कोषाध्यक्ष होमनाथ घिमिरेले आव २०७५-७६ को रु एक लाख १४ हजार ४० को आयव्यय र सचिव कमलप्रसाद भट्टले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको उपचार सेवाका संयोजक कुमार पोखरेलले जानकारी दिए । उक्त होमियो सेवाले साताको मङ्गलवार र शनिबार सेवा उपलब्ध गराउँदै आइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्