Logo

तेलुगु अभिनेत्री गीताञ्जलिको निधन



तेलुगु अभिनेत्री गीताञ्जलिको निधन भएको छ । हैदराबादको फिल्म नगर स्थित एक निजी अस्पतालमा उपचारको क्रममा ह्दयघातको कारण उनको निधन भएको हो । ७२ वर्षिय अभिनेत्रीको अस्पतालमा मृत्यु भएको छ ।

मनीको रूपमा काकिनाडामा जन्मेकी उनले धेरै युवावस्थामा स्क्रिन डेब्यू गरेकी थिइन । उनले मटिन आइडल एनटी रामा रावद्वारा निर्देशित पैराणिक नाटक सीतारमा कल्याणमको साथ उद्योगमा प्रवेश गरिन् । यो तेलुगु चलचित्रमा एक महत्तवपूर्ण फिल्म हो । यो नटकमा उनले सीताको भूमिका निर्वाह गरेकी छिन् ।

तेलुगुमा उनले एनटीआर र अक्किनेनी नागेश्वर रावको साथ अभिनय गरे पनि उनले एमजी रामाचन्द्रन र मिथुन गणेशन जस्ता फिल्म दिग्गजहरूसँग स्क्रिन स्पेस पनि साझा गरेकी थिइन् । उनले धेरै तेलगु, तमिल, मलयालम र हिन्दीलगायत धेरै फिल्महरुमा अभिनय गरेकी छिन् ।Photo Source: Hindustan Times



प्रतिक्रिया दिनुहोस्