Logo

प्रधानमन्त्री ओलीलाई भेटेपछि प्रचण्डले भने-आजै डिस्चार्ज



काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले भेटेका छन् । ओलीको उपचार भइरहेको ग्रान्डी अस्पतालमा भेटेर स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

ओलीलाई भेटेपछि फर्किदै गर्दा प्रचण्डले अवस्था ठिक रहेको जानकारी दिए । प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने जानकारी समेत गराए ।
ओलीलाई ज्वरो बढेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको मृगौलाको डायलसिस गरिएको बुझिएको छ । उनका सहयोगी र अस्पतालले ओलीको अवस्था सामान्य भइसकेको बताएपछि चासो र चिन्ता बढेको छ ।

ओलीलाई भेट्न पुगेका नेकपाका प्रभावशाली नेताहरु त्यतिकै फर्किए । विहान उपप्रधानमन्त्री इश्वर पोखरेलले मात्र भेट्न पाए । भीम रावल र नारायणकाजी श्रेष्ठले भेट्न पाएनन् ।
File Photo



प्रतिक्रिया दिनुहोस्