Logo

गर्भवतीले वंश जोगाइदिएर त्यागिन् प्राण



काठमाडौं, १४ कात्तिक । १५ दिनभित्र परिवारमा सबैको निधन भइसकेको थियो । शुरुमा पतिको निधन भयो । त्यसपछि ससुराको निधन भयो । छोरीको पनि ज्यान गयो । सबैको जीवन डेंगु रोगको संक्रमणले गएको थियो ।

अन्तमा गर्भवती मात्र बाँचेकी थिइन् । उनलाई पनि डेंगु भयो । अस्पताल भर्ना हुँदा डेंगुको संक्रमणले गम्भीर रुप लिइसकेको पत्ता लाग्यो । गर्भवती महिलाले जीवनसँग संघर्ष गर्दै वंश नाश हुन दिइनन् । उनले बालकलाई जन्म दिइन् । त्यसको भोलिपल्ट डेंगुका कारण प्राण त्यागिन् ।

यो घटना भारतको तेंलगना राज्यमा घटेका हो । जहाँ परिवारमा आमाबाहेक सबैको मृत्यु भइसक्दा आमाले अन्तिम अवस्थामा बालकलाई जन्म दिएकी हुन् । मंगलबार जन्मिएका बालकको स्वास्थ्यवस्था सामान्य छ । अब उनलाई सरकारले जिम्मा लिनेछ ।

शुरुमा बालकका ३० वर्षीय पिता गुडिमाला राजागुट्टुको डेंगुका कारण निधन भयो । त्यसपछि ७० वर्षीया हजुबाबु लिनगई र छ वर्षीया दिदी श्री वार्षिनीको निधन भयो । त्यसपछि आमा सोनीको बुधबार निधन भयो । बालक टुहुरो भएका छन् ।

एजेन्सीको सहयोगमा

Photo Source: Thenewsminute



प्रतिक्रिया दिनुहोस्