Logo

माधव नेपाल अस्पताल शैयामा



काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । उनी बिहिबार साँझ चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि नेपाल चेकजाँचका लागि गएको र चिकित्सकले बेडरेस्टको सुझाव दिएको बुझिएको छ । नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पनि जान सकेनन् । उनी आफै अस्वस्थ भएकाले नगएको निकटस्थले बताए ।

तर, भदौमा उपचारका लागि सिंगापुर जानुअघि ओलीले नेपाललाई गम्भीर आरोप लगाएपछि सम्बन्ध बिग्रिएको छ । ओलीले उनको स्वास्थ्यलाभको कामना पनि लिन मानेका थिएनन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्