Logo

प्रधानमन्त्री ओली डिस्चार्ज भए



काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । ओली धापासीस्थित् ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेकाअनुसार बुधबार र बिहीबार गरी प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भएको जनाएका थिए । तर, क्रेटिनाईनको अवस्थाबारे भने उनले केही बताएका छैनन् ।

तस्विर सौजन्य : चेतन अधिकारीको फेशबुक 

प्रधानमन्त्री अब पूर्ण स्वस्थ हुनुहुन्छ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ : ग्राण्डी अस्पताल



प्रतिक्रिया दिनुहोस्