Logo

कसरी भयो ऋषि वेदव्यासको जन्म



ऋषि वेदव्यास सत्यवती र परासर ऋषिका छोरा हुन् । सत्यवती माझीको काम गर्थिन् । परासर ऋषि सत्यवतीको नाउमा सवार हँदा उनको सौन्दर्य देखेर मोहित भए । उनले सत्यवतीलाई सम्बन्ध राख्न प्रस्ताव राखे । सत्यवतीले प्रस्ताव अस्वीकार गर्दा पनि विवाहअघि नै सत्यवतीसँग ऋषिले सम्बन्ध राखेरपछि वेदव्यास जन्मिएका हुन् । परासरले सत्यवतीलाई सम्बन्ध राखेपछि पनि कुमारी नै हुने वर्दान दिएका थिए । सत्यवतीको कोखबाट वेदव्यासले जन्म लिएपछि आफ्नो आमालाई केही अप्ठ्यारो पर्दा आफुलाई सम्झनु भन्दै उनी तपस्या गर्न हिडेका थिए ।

सत्यवतीको विवाह हस्तिनापुरका राजा सन्तनुसँग भएपछि दुई छोरा चित्र अङ्गत र विचित्र विर्यको जन्म भयो तर उनीहरुबाट सन्तान नहुँदै उनीहरुको इहलिला समाप्त भयो । सत्यवतीले राज्य चलाउनको लागि आफ्नो परासर ऋषिबाट भएको सन्तान वेदव्यासलाई आफ्नो दुई बुहारीहरु अम्बिका र अम्बिालिकासँग सम्बन्ध राख्न आग्रह गरिन् । आमाको कुरालाई अस्विकार गर्न नसकेर वेदव्यासले आफ्नो घोर तपस्या सकेपछि हस्तिनापुर आउने वाचा गरे । उनी तपस्याबाट आउँदा निकै डर लाग्ने भएका थिए । त्यसैले वेदव्यासले अम्बिकालाई शक्तिपात गर्दा डरले आँखा बन्द गर्दा अन्धा धृतराष्ट्र जन्मिएका थिए र उनीबाट पछि एक सय कौरबहरु र छोरी दुसला आदिको सृष्टी खडा भयो । त्यसैगरी, अम्बिालिकासँग शक्तिपात गर्दा उनी निकै डराएको कारण रोगी पाण्डुको जन्म भयो । पाण्डुको बंशमा धर्मराज युधिष्ठिर, पवन पुत्र भीम, इन्द्रबाट प्रदत्त अर्जुन अनि अश्विनी कुमारहरुबाट नकुल र सहदेव, पाँच पाण्डबको सृष्टि भयो । विवाह पूर्व नै कुन्तीबाट जन्मिएका कर्ण पनि पाण्डवहरुकै दाजु रहस्यमा रहेका थिए ।

ऋषि वेदव्यास महाभारत ग्रन्थका रचयिता र क्रमानुसार घटित भएका महाभारतकालीन घटनाहरूका साक्षी पनि हुन् । महाभारत उनले र भगवान गणेश मिलेर ३ वर्षमा लेखेका हुन् भन्ने कुरा ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

प्रत्येक द्वापर युगमा विष्णु व्यासका रूपमा अवतरित भएर वेदहरूका विभाग प्रस्तुत गरेको पाइनछ । पहिलो द्वापरमा स्वयं ब्रह्मा वेदव्यास भए भने दोस्रमा प्रजापति, तेस्रोमा शुक्राचार्य, चौथोमा बृहस्पति वेदव्यास भए। यसै प्रकार सूर्य, मृत्यु, इन्द्र, धनन्जय, कृष्ण द्वैपायन, अश्वत्थामा आदि अट्ठाइस वेदव्यास भए । यसरी अट्ठाईस पल्ट वेदहरूको विभाजन गरिएको देखिन्छ । व्यासले नै अट्ठार पुराणहरूको पनि रचना गरे हुन् ।



प्रतिक्रिया दिनुहोस्