Logo

जसको घरमा मयुरको प्वांख उसको घरमा दरिद्रता नाश



भनिन्छ,जसको घरमा विधि पूर्वक मयुरको प्वांख सही ठाउँमा सही तरिकाले स्थापित गरिएको छ दरिद्रता आउने छैन । भूतप्रेतको बास हुदैन ।
घरको ढोकाबाट बाहिर निस्कदा फ्रेस हुने तर भित्र पस्दा सुख शान्ति र चयन मिल्दैन भने मूल ढोकाको माथि पट्टी दुई वटा तथा पाँच वटा मयुर प्वांख एकै ठाउँमा राख्दा राम्रो हुन्छ । घरमा तथा कोठामा मयुरको प्वांख राख्दा तीन र तीनले भाग जाने संख्या राख्नु हुदैन ।

यो घर तथा कोठामा हुने नकरात्मक कुरालाई रोक्नका लागि राख्ने गरिन्छ । यदि एउटा मात्र कोठामा बस्ने गरेको छ भने दक्षिण पूर्व पर्ने गरी स्थापना गर्नुपर्छ । यसो गर्नाले नजर दोष लाग्ने, कोठामा पस्दा तनाव लाग्ने छ भने यसो गर्नाले छुटकरा मिल्छ । यसमा नवग्रहको बास हुने धार्मिक विश्वास रहेको छ ।

यसमा नवग्रहको बास भइसकेपछि सूर्य आत्माको कारक आत्माबल बढ्नको लागि महत्वपूर्ण भूमिका खेल्ने भयो, चन्द्रमा मनको कारक मनोबल बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने भयो । मंगल ग्रह पराक्रमको कारक पराक्रम बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने भयो, बुध वाणि र वाणिज्यको कारक ग्रह, बुधले वाणीमा मधुरता ल्याउने आर्थिक,उन्नती प्रगतीको लागि महत्वपूर्ण भूमिका खेल्ने भयो । बृहस्पती ज्ञान,बुद्धि,विद्याको कारक ग्रह यसले शरीरमा भएका सम्पूर्ण कोषहरुलाई चलायमान गराइदिए पछि पढाइमा एकाग्रहता हुनेछ । शुक्र सुखको कारक दाम्पत्य सुखको कारक ग्रहको बास हुने हुदा सुख प्राप्ति हुनेछ । शनि सफलताको ग्रह, राहु बाहुबल र चातुर्यको ग्रह, केतु ग्रहको बास हुने हुँदा मयुरको प्वांख घरमा राख्नाले फलदायी हुने गर्दछ ।

यसलाई स्थापना गर्नुपूर्व १२ घण्टा पानीमा डुवाउने र गाईको दूध र पानी मिलाएर पाँच घण्टा राख्नुपर्दछ । यसो गर्नाले यो जीवित भएर काम गर्न थाल्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्