Logo

जुवाखालबाट ३ करोड ५१ लाख बरामद



काठमाडौं – तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट रकम ३ करोड ३० लाख १२ हजार, भक्तपुरबाट ३८ रकम ९ लाख ९७ हजार र ११ लाख ३० हजार रूपैयाँसहित ६ सय जनालाई पक्राउ गरिएको छ।

मोटो रकमसहित जुवातास खेल्नेमाथि मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९मेट्रो०का एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनका अनुसार धेरैजसो ठाउँमा प्रहरी नै पुगेर रंगेहात प्रक्राउ गरेको थियो। ‘चाडबाडको बेला लुकीछिपी तास खेल्नेको संख्या बढेकोले विकृति जगाउने माध्यम नै ‘जुवातास’ बनेको प्रहरीको आकलन छ।

रमझमलाई सभ्य र सुसंस्कृत बनाउने तयारीसँगै सुरक्षा व्यवस्थामा कडाई गरे तापनि यो वर्ष जुवातास खेल्नेको संख्या बढेको ज्ञवालीले बताए। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्