Logo

संवेगात्मक साक्षरतालाई दैनिक जीवनमा उतारिने



काठमाडौँ, १५ कात्तिक : असल जीवन र सफल व्यावसायिक यात्राका लागि संवेगात्मक शिक्षा र आचरणलाई दैनिक जीवनमा उतार्न ‘संवेगात्मक साक्षरतामार्फत विश्व शान्ति’ विषयक नवौँ अन्तर्राष्ट्रिय सम्मेलनले गरेको निचोडलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

क्रोधरहित संसार संस्था, ग्लोबल पिस फाउन्डेशन नेपाल र समृद्धि कलेजको आयोजनामा सम्पन्न नवौँ सम्मेलनले असल जीवन र सफल व्यावसायिक यात्राका लागि विश्वमा एकापसका अनुभव आदानप्रदान गर्नेलगायत निष्कर्ष निकालेको थियो ।

इक्यु फर पिस वल्र्डवाइड इङ्क, अमेरिका र राष्ट्रिय मनोवैज्ञानिक विज्ञान एसोसिएशन, भारतको सहयोगमा सञ्चालित दुईदिने सम्मेलनले पारित गरेका निष्कर्षहरूलाई आफूहरूले विभिन्न तालीम र कार्यशालाबाट विद्यालय तहमा कार्यान्वयन गर्ने क्रोधरहित संस्थाका अध्यक्ष देशमर्दन बस्नेतले जानकारी दिनुभयो । खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले उद्घाटन गरेको सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका विज्ञहरूले संवेगात्मक शिक्षा, विश्व शान्ति र मनोविज्ञानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन गत अक्टोबार २५ र २६ गते काठमाडौँमा आयोजना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्