Logo

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत



कञ्चनपुर, १५ कात्तिक : नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् ।

एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताए ।

बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको आयोजना युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले आयोजना गरेको हो । Photo Source: File Photo 



प्रतिक्रिया दिनुहोस्