Logo

बलिउड फिल्मलाई तमिल फिल्मको टक्कर



दिपावलीको अवसर पारेर २५ अक्टोबर बलिउड र तमिल दुई फिल्महरुले बक्सअफिसमा जबरजस्त कमाई गरिरहेका छन् । मल्टिस्टारर बलिउड फिल्म “हाउसफुल ४” र तमिल सुपरस्टार विजय स्टारर फिल्म “बिगिल” एकसाथ प्रदर्शनमा आएको हो । रिपोर्टका अनुसार प्रदर्शनको ५ दिनमा “हाउसफुल ४” ले सय करोडको व्यापार गरेको छ भने फिल्म “बिगिल” ले विश्वभरबाट २ सय करोड कमाइएको छ ।

४ हजार २ सय स्क्रिनमा रिलिज भएको एटली कुमार निर्देशित फिल्मले संसारभर ५ सय करोड कमाउने अनुमान गरिएको छ । स्पोर्ट्स एक्सन फिल्मले विश्वभर तहल्का मच्चाएको छ । फिल्ममा विजय विजय पिता र छोरा गरी दुई भूमिकामा प्रस्तुत भएका छन् । पिताको रुपमा उनी एक स्थानीय डनको भूमिकामा देखिएका छन् भने छोराको रुपमा उनी एक महिला फुटबल टिमको कोचको भूमिकामा छन् । अभिनेता विजयले कोचको भूमिकाका लागि प्रशिक्षण लिएका थिए ।

विजय फिल्मको सफलतामा निकै खुसी छन् । १ सय ८० करोडमा निर्माण भएको यो फिल्ममा नयनतारा, ज्याकी श्राफ, योगी बाबूलगायतका कलाकारहरुको पनि अभिनय छ । बलिउड फिल्ममेकर करण जोहरलाई पनि यो फिल्म निकै मन परेको छ ।



प्रतिक्रिया दिनुहोस्