Logo

“छ माया छपक्कै” अब अमेरिकामा



प्रदर्शनको तेस्रो सातामा आउँदासम्म पनि दर्शकहरुले मन पराएको यो वर्षको हिट चलचित्र “छ माया छपक्कै” अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । नोभेम्बरको पहिलो सातादेखि अमेरिकामा बसोबास गर्ने नेपाली चलचित्र मन पराउने सबैलाई लक्षित गरेर चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सुरेश दर्पण पोखरेल सहित भरत बराइली, प्याट्रिक सुवेदी र डीजे मोमोको टिमले चलचित्रलाई अमेरिकामा वितरणको जिम्मा लिएका छन् । दीपेन्द्र लामा निर्देशित चलचित्रले देशको वर्तमान राजनैतिक बिषयलाई व्यङ्गात्मक ढंगले प्रस्तुत गरिएको छ । अभिनेता दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका अन्य कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ’आईएमई’ को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता रोहित अधिकारी हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्