Logo

देउवा, सशांकदेखि सिटौलासम्म कार्यकर्ताबाट घेरिए (फोटोफिचर)



काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक केही बेरमै सुरु हुँदैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका शीर्ष नेताहरु कार्यालय पुगिसकेका छन् ।

तर, बैठक सुरु हुनुभन्दा अघि नै नेविसंघका विद्यान पक्षधर विद्यार्थीहरुले नाराबाजी गरेका थिए । उनीहरुले विधानविपरित संघको नेतृत्व ल्याउन नहुने माग गरेका छन् । पार्टी कायालर्य परिसरमा चर्को नाराबाजी गरिरहेका विद्यार्थीहरुको घेरामा सभापति देउवादेखि महामन्त्री कोइरालासम्मका नेताहरु परेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्