Logo

चक्रव्यूहमा कसरी फसे अभिमन्यु



अर्जुन पुत्र अभिमन्युको नेतृत्वमा पाण्डवहरुले कौरवहरुसँग लडाइ गर्न सुरु गर्छन् । चक्रव्यूहसँग टक्कर लिन आत्माहत्या बराबर हुन्छ । विनास काले विपरीत बुद्धि भनेझै पाण्डवहरुको विनासका दिन आएको हुँदा अभिमन्युको नेतृत्वमा चक्रव्यूहको भेदन गर्न आएको देखेर कौरवहरु खुसीले गदगद हुँदै युद्ध गर्ने तयारीमा अगाडि बढ्छन् । पाण्डवहरुको मती भ्रस्ट भएर आफै मृत्युको मुखमा आएको देखेर कौरवका सेनाहरु खुशी हुन्छन् । कुमार अभिमन्युले चक्रव्यूह तोड्ने शिक्षा गर्भमा नै सुनेका हुन्छन् तर कसरी चक्रव्यूहबाट बाहिर निस्कने भन्ने कुरा थाहा नभएको कारण उनी चक्रव्यूहमै फस्छन् ।

अभिमन्यु अस्त्रसस्त्रबाट व्यवस्थित भएर युद्धमा सामेल भएका हुन्छन् । उनले गर्भमा मात्र युद्धको शिक्षा प्राप्त गरेका होइनन् । उनी युद्धको अनुभवी पनि हुन्छन् । उनको जीवन तरवारसँगै वितेको थियो । त्यसैले आत्माविश्वासका साथ चक्रव्यूहको ध्वस्त गर्न युद्धमा होमिएका हुन ।

कौरवका सेनाहरु विजय हुने विश्वासकासाथ युद्धको तयारीमा लाग्छन् र विजय मिल्ने दावी समेत गर्छन् । विजय वा पराजय मनुष्यको हातमा हुदैँन । यो त भगवान को हातमा हुने कुरा हो । भगवानले चाहेमा अवश्य विजय मिल्ने कौरवका आर्चाय ऋषि बताउँछन् ।

चक्रव्यूहमा कसरी प्रवेश गर्ने भनी अभिमन्युका काकाले सोध्दा उनी भन्छन् चक्रव्यूह घुम्दै घुम्दै जाँदा एक पटक यसको मुख बन्द हुन्छ । जसरी म चक्रव्यूहमा प्रवेश गर्छु तिमी पनि मेरो साथमा प्रवेश गर्नु भन्छन् । र, काकाले अभिमन्युलाई चिन्ता नगर्न र पछिपछि चक्रव्यूहमा प्रवेश गर्ने बताउँछन् । त्यसपछि अस्त्रसस्त्रका साथ सबैजना चक्रव्यूह भएतिर बढ्छन् ।

अभिमन्युले तीर हानरे कौरवका एक सेनालाई घाइते बनाउँछन् । त्यसपछि कौरवहरुले आफ्ना सेनालाई चक्रव्यूहमा प्रवेश निषेध गर्ने आदेश दिन्छन् ।
त्यही समयमा अभिमन्यु चक्रव्यूहमा प्रवेश गरिसकेका हुन्छन् र उनी संकटमा पर्छन् । दुवैतर्फ घमासान युद्ध हुन्छ । उनले कौरवका सेनाहरु नस्ट गरेको देखेर रिसले सेनाहरुले अभिमन्युका रथ लगाएत सबै हतियारको नस्ट गरिदिन्छन् । तर, उनी पुन युद्धमा सामेल हन्छन् । हातहतियार नभएका उनलाई कौरवका सेनाहरुले चारैतिरबाट घेर्छन र कुटपिट गर्न थाल्छन् । यसरी उनलाई मार्नका लागि कौरवका सेनाहरुले हातहतियारको प्रयोग गर्छन र उनी मृत्युको मुखमा पुग्नै लाग्दा पिता श्री भन्दै प्राण छाड्छन् । कौरव पक्षले युद्धको नियम उल्लघन गर्दै छलकपटकासाथ उनलाई मार्छन् ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्