Logo

कांग्रेस केन्द्रिय समिति बैठक सुरु



काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन र भातृसंगठनको महाधिवेशनबारे छलफल हुने बुझिएको छ । यसअघि, बैठकमा सहभागी हुने क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघ विधान पक्षधर विद्यार्थीहरुले चर्को नाराबाजी गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्