Logo

प्रेग्नेन्सीमा बोल्ड फोटो सुट



अभिनेत्री सृजना सुब्बा अहिले ८ महिनाकी गर्भवती छिन् । सृजनाले आठ महिनाको गर्भावस्थामा प्रेग्नेन्सी फोटोसुट गराएकी छिन् । उनले आफु आमा बन्न लागेको जीवनको यो रङ्गीन पललाई तस्विरमा कैद गर्न फोटो सुट गरेकी हुन् । करिब दुई साता पछि उनी आफ्नो सन्तानलाई यस धर्तीमा स्वागत गर्ने तयारीमा छिन् ।


सृजनाले आफ्नो बोल्ड अवतारमा फोटोसुट गराएको केही तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा साझेदारी गरेकी छिन् । गर्भावस्थामा नाटकमा अभिनय समेत गरेकी उनले आमा बन्नु अवसर गुमाउनु नभै आफूलाई नयाँ स्वरूप दिनु हो र नयाँ अवसरको बाटो खुल्नु हो भन्नेमा विश्वास राख्छिन् ।

पछिल्लो समय प्रेग्नेन्सी फोटो सुट गर्ने ट्रेन्ड चलेको छ । महिलाहरुले आफु आमा बन्ने जीवनको यती ठुलो अवसर, यसले ल्याउने परिवर्तन र जीवनमा भर्ने रङ्गलाई जीवनभरी सम्झन प्रेग्नेन्सी फोटो सुट गर्ने गर्छन् ।Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्