Logo

अनमोलको गन्तव्यमा ७४ लाखको जीप कम्पास



युवा स्टार अनमोल केसीले करिब ७४ लाख रुपैयाँ पर्ने जिप कम्पास खरिद गरेका छन् । उनले ७३ लाख ९० हजार रुपैयाँ पर्ने स्पोर्ट प्लस भेरियन्टको जिप कम्पास खरिद गरेका हुन् । उनले सेतो रङ्गको जिप एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालको हातबाट डेलिभरी गराएका छन् ।

कलाकारहरुको जीवन शैली र सोख आम दर्शकको भन्दा फरक हुन्छ । सुटिङको लागि आफू प्राय राजधानी बाहिर रहने र ब्रान्डकै कारण जिप कम्पासलाई आफ्नो यात्राको साथीका रूपमा रोजेको केसीले जनाएका छन् । केसीले अब उनको सबै गन्तव्यमा जिप साथमा हुने जनाए ।Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्