Logo

देउवा र पौडेलको औचित्य सकियो : डा. महत (भिडियोसहित)



काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले पार्टीमा शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको औचित्य समाप्त भएको बताएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारसँग जनता निराश भएको आरोप पनि लगाए ।

उनले संविधान कार्यान्वयन गर्ने कुरा त्यति सजिलो नभएको सुनाए । उनले भने,‘अहिले मुलुकमा तीन वटा सरकार छन् । हिजो एउटा सरकार थियो । अहिले ७ सय ६१ वटा सरकार छन् । तीन तहका सरकारबीचमा कार्यविभाजन संविधानले नै तोकेको छ । त्यो अनुरुप कानूनहरु निर्माण गर्नुपर्ने र संस्थागत क्षमता निर्माण गर्नुपर्ने हो ।’



प्रतिक्रिया दिनुहोस्