Logo

साग उद्घाटनस्थल दशरथ रंगशाला मर्मतको चटारो, प्याराफिटमा सिट जडान तीब्र



काठमाण्डौ । काठमाण्डौको दशरथ रंगशाला प्रतियोगितामा सबैभन्दा बढि प्रयोग हुने खेल स्थल हो । दक्षिण एसियाली खेलकुद साग सुरु हुन एक महिनामात्रै बाँकी छ । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन यही रंगशालामा हुँदैछ । तर मर्मतको काम सकिएको छैन ।

सागको मिति नजिकिँदै जाँदा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको प्याराफिटमा सिट जडानको कामले तिव्रता पाएको छ । २०७२ सालमा गएको भूकम्पले क्षति र्पुयाएपछि पुनर्निर्माण भइरहेको दशरथ रंगशालामामै १३ औंँ सागको उद्घाटन हुने भएकाले सीट जडानलाई तीव्रता दिइएको हो । आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यकाका साथै पोखरा र जनकपुरमा साग आयोजना हुने भएकाले तयारीलाई तीव्रता दिएको छ । साधारण प्याराफिटतर्फ १५ हजार सिट राखिने छ ।

यसका साथै मंसिर ३ गते नेपालले कुवेतविरुद्ध विश्वकप छनोट खेल दशरथ रंगशालामै खेल्ने तयारी छ । त्यसका लागि पनि यो महिनाभित्रै रंगशालाको सिट राख्ने काम सक्नुपर्ने बाध्यता अनुसार निर्माण कार्यले तिव्रता पाएको हो । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । भुकम्प गएको बर्षौँ भएसँगै पुनर्निर्माणमा भएको ढिलाईका कारण खेलकुद गतिविधि ठप्प हुँदै आएको छ । अरु खेलकूद त रोकियो ठिकैछ, तर १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नै प्रभावित होला किन भन्ने डर पैदा भएको छ ।

मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगिता आउन एक महिना मात्रै बाँकी छ । जब भयो राति तब बुढी ताती भनेझैँ गरी रंगशाला मर्मत कार्यलाई तिब्रता दिइएको छ । सम्बन्धित निकायको गैर जिम्मेवारी पनि र खेलकूद क्षेत्रलाई गरिएको उपेक्षाका कारण नेपालकै इज्जत र प्रतिष्ठा जोडिएको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितासमेत प्रभावित हुने देखिएको छ । यद्यपी कात्तिक मसान्तसम्म रंगशाला मर्मतको सम्पूर्ण काम सकेर साग संचालन सहजै गरिने राखेपका सदस्यसचिव रमेश सिलवाल बताउँछन् ।

निर्माणको जिम्मा लिएको चिनियाँ र नेपालि कम्पनिद्वारा अहिले दैनिक ५५–६० जना कामदार रंगशालाको ट्रयाक निर्माण, रंग लगाउने लगायतका काममा जुटेका छन् । यो रंगशाला १३ औं साग खेलकुदकै लागि लक्ष्य बनाएर पुनर्निर्माण थालिएको बर्षौ भइसकेको छ । २०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो । २०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिंगै नयाँ संरचना निर्माण गर्नुपर्ने अवस्था सृजना भएको हो । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको यो रंगशालाको क्षमता अब पुनर्निर्माणपछि १५ हजार दर्शक क्षमताको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्