Logo

दाङ र कपिलवस्तुमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु



दाङ, कपिलवस्तु । दाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गढवा कोइलाबास सडकखण्डको गढवा गाउँपालिका ५ चिसापानीमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा गढवा गाउँपालिका ६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । २३ जना घाइते भएका छन् ।

गढवा गाउँपालिका ६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घर फर्किने क्रममा ट्याकटर दुर्घटना भएको थियो । ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिदा ट्याक्टरमा सवार २३ जना घाइते भएका छन् । ट्याक्टरमा २६ जना सवार रहेका थिए । घाइतेको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ ।

तीन जनाको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएका हो । घाइतेमध्ये ४ जना गम्भीर घाइते छन् । १९ जना मध्यम घाइते भएको दाङ प्रहरी प्रवक्ता शाहले बताए ।

यसैगरी कपिलवस्तुमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ९ ईमिलियामा कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाईकलसंग ठोकिदा मोटरसाईकल चालक रन वहादुर विकको ज्यान गएको हो । बर्दिया घर भनिएका बिकको उपचारको क्रममा चौराहा हस्पिटलमा ज्यान गएको हो ।

रा ३ प १५१६ नम्वरको मोटरसाईकलमा सवार रन वहादुर वि.क. लाई भे १ ख १९९७ नम्वरको वसले ठक्कर दिएको थियो । वसको पट्टा भाचिए पछी वस अनियन्त्री भई विकलाई ठक्कर दिएको हो ।

तस्विर : सुमन केसी (दाङ)



प्रतिक्रिया दिनुहोस्